
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेत र सचिवमा पराजित नेता गोकुल बास्कोटा आआफ्नो निर्वाचन क्षेत्रबाट उम्म्मेदवारका लागि एकल सिफारिस भएका छन् ।
बस्नेत भक्तपुर २ बाट एकल सिफारिस भएका हुन् भने बास्कोटा काभ्रे २ बाट सिफारिस भएका हुन् ।
दुवै नेता २०७० देखि सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका छन् । बास्कोटा २०७४ र २०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने बस्नेत २०७४ मा निर्वाचित थिए ।

Leave a Reply