झलनाथ खनालको टिप्पणीः अमेरिकाद्वारा भेनेजुएलाको सार्वभौम सत्तामा हस्तक्षेप, तेल भण्डार कब्जा रणनीति

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण अपराधपूर्ण भएको बताएका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिकाको ट्रम प्रशासनको डेल्टा फोर्सले ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएलामाथि १५० लडाकु एयरक्राप्टबाट नाङ्गो र क्रूर हमला गरेको छ । त्यहाँका कैयौँ नागरिकको हत्या गरेको छ, सैनिकको हत्या गरेको छ, सैनिक संरचना ध्वस्त पारेको छ र भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्त अपहरण गरेर अमेरिका पुर्याइएको छ । यो भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानूनलाई खिल्ली उडाउने कार्य हो र अत्यन्त लज्जास्पद ढङ्गले गरिएको घोर अपराधपूर्ण कार्य हो । म हाम्रो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट यो निर्लज्ज अमेरिकी कारवाहीको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछु ।’

उनले भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धेदृष्टि लगाइरहेको बताउँदै भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश भएकाले अमेरिकीहरूले भण्डार कब्जा गर्न र लुट्न चाहेको बताएका छन् । मदुरोको सरकार यसका लागि सबैभन्दा ठूलो अवरोध बनेकाले अवरोध पन्छाउन ट्रम्प प्रशासनले ‘ड्रग ट्राफिकिङ’को फुट र नक्कली बहाना सिर्जना गरेर एउटा देश र त्यसका वैधानिक रुपले निर्वाचित राष्ट्रपतिमाथि पासाविक पाराले आक्रमण र अपहरण गरेको खनालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *