रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक, यी हुन् छलफलमा एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी केन्द्रीय समिति बैठक बोलाएका छन्। भोलि बस्ने गरी बैठक बोलाएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

उनका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने विषयमा छलफल हुने बताए। रास्वपाले हालै काठमाडौंका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गरेको थियो।

बैठकमा समानुपातिकको बन्दसूचीमा रहेको नामबारे पनि छलफल हुने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *