हेल्प नेपाल र न्यू डायमण्डले जिते एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

काठमाडौं । हेल्प नेपाल स्पोट्र्स क्लब र न्यु डायमन्ड स्पोट्स क्लबले नवौं एनभीए भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले पुरुषतर्फको उपाधि जितेको हो ।

हेल्प नेपालले सुरुआति ३ वटै सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जित्यो । फाइनलमा न्यू डायमण्डले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पा¥यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *