कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोजको तयारी

झापा । कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ ।

कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर तारजस्तो वस्तु बाहिर निकालिएको पाइएको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शङ्कास्पद वस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले त्यसको पहिचान र डिस्पोज गर्ने तयारी गरिरहेको बताए ।

स्थानीयवासीले यो शंकास्पद वस्तु देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । हाल प्रहरीले यस स्थानलाई शिलबन्दी गरेको छभने राजमार्गको अर्को छेउबाट सुरक्षित रुपमा सवारीसाधन तथा यात्रीहरुको आवागमन भइरहेको गेलालले जानकारी दिए ।

घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ । शङ्कास्पद वस्तुको डिस्पोजका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *