नक्कली सुकुम्वासी बनाई विद्यालयको जग्गा दिने भूमि आयोगका अध्यक्ष र मालपोत हाकिमसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा । कास्कीमा विद्यालयको जग्गा नक्कली सुकुम्बासीलाई दिएको आरोपमा तत्कालीन भूमि आयोगका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका वडा नम्बर २६, सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा पोखरेलसहित ६ जनाविरुद्ध विशेख अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

मुद्दा पर्नेमा पोखरेलसहित तत्कालीन भूमि आयोगका सदस्य तथा मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, भूमि आयोग सदस्यहरु आशबहादु गुरुङ, उमाकुमारी थापा र सोमबहादुर नेपाली तथा जग्गा लिने भीमबहादुर विक छन् ।

भीमले आफ्नो श्रीमती सुकमाया कामीलाई सुकुम्बासी प्रमाणित गर्न गैरसुकुम्बासी झुटा विवरण पेस गरेको र त्यसमा भूमि आयोग अध्यक्षदेखि मालपोतको हाकिमसम्म संलग्नता रहेको अख्तिायरले ठहर गरेको छ ।

झुटा विवरण पेस गरेकोमा तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीबाट प्रमाणित गरी गराई जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराएको र भूमि आयोग कास्कीका अध्यक्ष पोखरेलले श्रेस्ता लागू गर्न पत्राचार गरे गराएको देखिएको अख्तिायरले उल्लेख गरेको छ ।

अख्तियारले उनीहरुविरुद्ध एक करोड ४९ लाख २५ हजार रुपैयाँ बिगोसहित मुद्दा दर्ता गराएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *