
काठमाडौँ । राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि असन्तुष्ट बनेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) सक्रिय बनाएका कमल थापा आज राप्रपामै फर्कँदैछन् ।
दुई पार्टीबीच आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ऐतिहासिक एकता घोषणा समारोह गरेर एकीकरण हुने कार्यक्रम छ ।
केहीदिन अघि लिङ्देन र थापाले दुई बुँदे एकता सहमति गरेका थिए भने एकीकरण अनुमोदनका लागि राप्रपा नेपालको मंगलबार बैठक बसेको थियो ।
झण्डै ४ वर्षपछि दुई राष्ट्रवादी शक्ति एकता गरेर अघि बढ्ने तयारीका रुपमा आज एकता घोषणा हुन लागेको हो ।
एकता घोषणापछि राप्रपा नेपालका नेताहरुलाई सम्मानजनक भूमिका दिएर पार्टी अघि बढाउने लिङ्देनको प्रतिवद्धता छ । राप्रपासँग एकता गर्ने सैद्धान्तिक सहमतिपछि राप्रपा नेपालबाट प्रतिनिधि सभामा समानुपातिकको बन्द सूची पनि पठाइएको छैन भने राप्रपाले पेश गरेको बन्द सूचीमा पनि कमल थापा पक्षधरहरु समेटिएका छैनन् ।
यस्तै, राप्रपाले महाधिवेशन ६ महिना पर सारेको र निर्वाचनको माहौल भएकाले अहिले सम्मानजक हैसियतकमा पार्टी निर्माणमा सक्रिय हुने तयारी मात्रै रहेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

Leave a Reply