श्रीमान कांग्रेसबाट पालिका अध्यक्ष, श्रीमती कांग्रेसकै समानुपातिकमा

सुनसरी । नेपाली कांग्रेसभित्र एकाघरका परिवारका सदस्यले सबैतिर अवसर पाएको भन्दै कार्यकर्ताहरूले अन्यायमा परेको भन्दै पार्टीभित्रै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा पनि कांग्रेसले बारम्बार अवसर पाइरहेको परिवारकै सदस्यहरूलाई प्राथमिकतामा उनीहरूको गुनासो छ ।

सुनसरीको कोशी गाउँपालिकाको अध्यक्षसमेत रहेका सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुव अन्सारीले श्रीमती नगमा शाहिद अन्सारीलाई समानुपातिक सूचीमा राखेपछि त्यस क्षेत्रका कांग्रेस कार्यकर्ताहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।

विशेष महाधिवेशनका लागि हस्ताक्षरमा सक्रिय रहे पनि विशेष महाधिवेशनको पक्षमा नरहेका नेता ज्ञानेन्द्र कार्कीले आफ्नो चुनावका लागि वातावरण अनुकूल बनाउन अयुवकी पत्नीलाई समानुपातिकमा राखेको उनीहरूको गुनासो छ ।

नगमा शाहिद अन्सारी कांग्रेसको समानुपातिक सूचीमा मुस्लिम महिलातर्फ १ नम्बरमा सिफारिस भएकी छिन् । अयुवकी जेठी सासु अरिदा खातुन यसअघि नै कोशी प्रदेशसभा सदस्यका लागि कांग्रेसको बन्दसूचीमा रहेकी छिन् ।

त्यस्तै मुस्लिम पुरुषतर्फ सुनसरीकै जमिल अख्तर मिया सिफारिस भएका छन् । उनी कांग्रेसका पुराना नेता खालिद मियाका छोरा हुन् । उनका भाइ अज्मल अख्तर मिया सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *