
काठमाडौं । गायिका समीक्षा अधिकारी यतिबेला देश विदेशका स्टेजमा छाइरहेकी छन् । आइतबार बाग्लुङ महोत्सवमा प्रस्तुति दिएकी उनी अहिले जापान पुगिसकेकी छिन् ।
कार्यक्रममा जाँदा समीक्षाको क्रेज जति देखिन्छ, यदाकदा उनले प्रतिकूल अवस्थाको सामना पनि गर्नुपरिरहेको हुन्छ । खासगरी पल शाहका फ्यानहरुले बेलाबखत उनलाई मानमर्दन गरेर दु:ख दिने गरेका छन् । त्यस्तै क्षणको सामना उनले बाग्लुङ महोत्सवमा पनि गर्नुपरेको छ ।
बागलुङमा जारी ८ औं बागलुङ महोत्सवमा गीत गाउन स्टेज उक्लेकी समीक्षालाई केही दर्शकले ‘पल शाह खोइ ?’ भन्दै हुटिङ गरेर नर्भस तुल्याउन खोजेका थिए । ‘ट्रयाक रेडी छ’ भन्दै गर्दा दर्शकदीर्घाबाट ‘पल शाह खोइ’ भन्ने आवाज बारम्बार समीक्षाको कानमा ठोक्कियो । केहीबेर संयमित रहे पनि दर्शक नरोकिएपछि उनले जवाफ दिन बाध्य भनिन् ।
‘तिम्रो दाइको नाम हो पल शाह, त्यै भएर भुकेको भुकै हुनुहुन्छ,’ भन्दै समीक्षाले जवाफ फर्काएकी थिइन् ।
उनले थपिन्, ‘हेर्न चाहिँ मलाई नै आउनुभा’छ । तपाईंको अनुहार अघिबाटै देखिराखेको छु है,’ भन्दै उनले माहोललाई सामान्यतर्फ मोडिन् । त्यसपछि उनी गीत गाउन थालिन् ।
आफ्ना हिट गीत गाएर समीक्षाले महोत्सवको माहोल तताएकी थिइन् ।

Leave a Reply