सन्दीप प्लेइङ ११ मा नपरेपछि असन्तुष्ट नेपाली फ्यानलाई राजशाही वारियर्सले भन्यो- धैर्यता राखौँ

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली स्टार सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले आज आफ्नो तेस्रो म्याच खेलिरहेको छ । तर, सन्दीप भने आज प्लेइङ ११ मा अटाउन सकेनन् ।

सन्दीपलाई मैदानमा नदेख्दा खल्लो मानेका नेपाली समर्थकलाई राजशाहीले सान्त्वना दिने प्रयास गरेको छ । फेसबुकमा स्टाटस नै लेखेर फ्रेन्चाइजीले नेपाली समर्थकलाई धैर्यता राख्न अनुरोध समेत गरेको छ ।

स्टाटसमा भनिएको छ, ‘हामी नेपाली क्रिकेट फ्यानको भावनालाई बुझ्छौँ । सन्दीप लामिछानेले टिमलाई धेरै कुरा दिएका छन् । र, एउटा टिम निर्णयले उनको महत्त्व घट्दैन ।’

राजशाहीले नेपाली समर्थकहरूलाई एकताबद्ध भएर धैर्यता र गौरवसहित टिमलाई समर्थन गर्न आग्रह गरेको छ । साथै, अर्को म्याचसम्म पर्खन पनि भनेको छ । नेपाली समर्थकहरूले राजशाहीको फेसबुक पेजमा असन्तुष्टि पोखिरहेका थिए ।

राजशाहीले आज नोआखली एक्सप्रेसविरुद्ध खेलिरहेको छ । पहिले बलिङ गरेको राजशाहीले एक्सप्रेसलाई १२४ रनमा रोक्न सफल भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *