
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो समानुपातिकको बन्दसूची करिब करिब टुंग्याएको छ । निर्वाचन आयोगमा राप्रपा प्रतिनिधिले टोकन लिइसकेका छन् ।
आज भएको कार्यसम्पादन समिति वैठकले बन्दसूची टुंगो लगाएको हो । तीनवटा विषयमा भने मतदानबाट निर्णय लिनुपरेको थियो । खस आर्य पुरुषमा डा. प्रकाशचन्द्र लोहनीलाई पहिलो नम्बरमा राख्ने वा नराखनेमा मतदान गरियो । जसमा लोहनीको विपक्षमा बहुमत आयो ।
यस्तै, खस आर्य पुरुष र जनजाति पुरुषको पहिलो तीन दावेदारको टुंगो पनि मतदानबाट लगाइएको थियो ।
जनजाति पुरुषतर्फ दोस्रो सर्वाधिक मत पाएका उपाध्यक्ष हेमजङ गुरुङ भने पछि हटेका छन् ।
उनी समानुपातिकमा जान अनिच्छुक बनेपछि चौंथो सर्वाधिक मत पाएका प्रवक्ता मोहन श्रेष्ठलाई तेस्रो नम्बरमा उकालिएको स्रोतले बतायो ।
पहिलो नम्बरमा तोरणबहादुर गुरुङ र दोस्रोमा राजेन्द्र गुरुङ रहेका छन् ।

Leave a Reply