एकीकरणपछि मधेश प्रदेशमा जसपा नेपाल ठूलो दल

काडमाडौँ । आइतबार साँझ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल एकीकरण भएपछि मधेशमा जसपा नेपाल ठूलो दलका रुपमा उदाएको छ ।

मधेश प्रदेश सभामा २४ सदस्य रहेको पहिलो दल नेकपा एमालेले प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुख गुमाउँदा जसपा नेपालको भने समामुखबाट यात्रा शुरु भएको छ । उसको एउटा सदस्य निलम्वनमा छ । भर्खरै प्रदेश सभामा जसपा नेपालबाट रामअशिष यादव सभामुख भएका छन् । दुई वर्ष भन्दा बढी समयपछि जसपा नेपाल मधेशको सत्तामा फर्किएको छ ।

सात वर्ष मधेशको सत्ता सम्हालेको जसपा नेपाल जनमत पार्टीलाई कांग्रेस र एमालेले साथ दिएपछि सत्ताविमुख भएको थियो । पछिल्लो समय नेपाली कांग्रेसले मुख्यमन्त्री लिएर सातदलीय गठबन्धनको सरकार बनाउने काममा जसपा नेपालको साथ थियो । उसले सभामुख पाएको छ ।

आइतबार लोसपा नेपालसँग एकीकरणपछि भने अब मधेशमा ठूलो दलका रुपमा उदाएको छ । जसपा नेपालका १९ र लोसपा नेपालका ९ सहित जसपा नेपाल अब ठूलो दल बनेको छ । यसमा दुई सदस्य जसपाको सरोज सिंह कुशवाहा महोत्तरी र लोसपाको महोत्तरीकै अविराम शर्मा निलम्वनमा हुँदा २६ सदस्य छन् ।

अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई सम्मानित नेता बनाएर जसपा नेपालमा बाँकी नेताहरुलाई समेटेर अघि बढ्ने तयारी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *