
काठमाडौं । चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् ।
संस्थाको सातौँ साधारण सभा तथा छैटौँ अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
चयन भएको कार्यसमितिको उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सहसचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ छन् ।
त्यस्तै, सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनीता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएका छन् ।
३ वर्ष कार्यकाल रहेको कार्यसमितिको केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र मिलन थापा छन् । नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले शनिवार नै पद तथा गोपनीयताको शपथ गराएका छन् ।
गत भदौमा तय गरिएको अधिवेशन जेनजी आन्दोलनले स्थगित हुन पुगेको थियो । २०६० असार २२ मा जन्मिएको संघमा हाल ८६ सदस्य छन् । संघको यसअघि शिव शर्मा चञ्चल, रेम बिक, अरुण गिरी र प्रभू अधिकारीले समेत नेतृत्व गरिसकेका छन् ।

Leave a Reply