
काठमाडौं । रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच अन्तत `ब्रेक थ्रु´ भएको छ । हिजो निकै गोप्य ढंगले वार्तामा बसेर उनीहरूले अन्तिम सहमति जुटाए ।
वार्ता भइरहेको भनेर अबेरसम्म पनि पत्रकारलाई जानकारी दिइएको थिएन । हस्ताक्षर समारोहमा दुवै पक्षका एक दर्जनजति व्यक्तिहरू उपस्थित थिए ।
रास्वपाका दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्यालको उपस्थिति थियो । वार्ता टोलीमा रहेका असिम साह र शिशिर खनाल थिए । असिमका दाइ खासिफ साह पनि थिए ।
बालेनको तर्फबाट कुमार बेन भुपदेव साह थिए । यस्तै बालेन निकटहरू निश्चल बस्नेत, केपी खनाललगायतको उपस्थिति थियो ।

Leave a Reply