महाधिवेशनपछि आज एमालेको पहिलो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर बैठक बोलाइएको हो ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । एक पदाधिकारीका अनुसार कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलबारे पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने कार्यसूची छ ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ ।

जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारेका छन् ।

बैठक र मापदण्डविनै सूची तयार पारिएको भन्दै एमालेमा बैठक बोलाउन दबाब बढाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *