प्रदेशबाट राजीनामा दिएर संघीय सांसद लड्दै लुम्बिनीका मास्की, दाङ ३ बाट एकल सिफारिस

दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दाङ क्षेत्र नम्बर ३ ले प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ धनबहादुर मास्की ‘राजेश ‘ को नाम एकल सिफारिस गरेको छ ।

क्षेत्रीय बैठकले उनको नाम एकल सिफारिस गरेको हो । मास्की प्रदेश सांसद हुन् ।

२०७९ को प्रदेश निर्वाचनमा उनी दाङ ३ (ख) मा माओवादीकाका तर्फबाट निर्वाचित भएका थिए । मास्की लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्रीसमेत हुन् ।

उनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने तयारीमा छन् । नेकपाका कतिपय कार्यकर्ताले प्रदेश सांसदबाट राजीनामा दिनु संघीयताको मर्मविपरीत हुने भन्दै बिरोध जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *