फागुन २१ को चुनावमा भोट हाल्न पाउने मतदाता कति छन् ?

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज अन्तिम मतदाता नामावली प्रकाशन गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी २०८२ फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ।’

प्रकाशित अन्तिम मतदाता नामावलीमा ९६,६३,३५८ पुरुष, ९२,४०,१३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएको उल्लेख छ। गएको निर्वाचन भन्दा १५ ले मतदाताको संख्या वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनको लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *