देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्रीले ‘भाउ’ दिएपछि राप्रपाका प्रवक्ताको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डलाई बालुवाटारमा बोलाएर भेटेपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले असन्तुष्टि जनाएका छन्।

राष्ट्रपतिले र प्रधानमन्त्रीले पनि देउवा, ओली र प्रचण्डलाई मात्रै छलफलमा बोलाएर दिन खोजेको सन्देश र उद्देश्य प्रस्ट पार्न माग गरे।

उनले भनेका छन्, ‘कांग्रेस, एमाले र तत्कालीन माओवादी पार्टी(हालको नेकपा) मात्रै निर्वाचनमा आए पुग्ने हो कि वा ती दल बिनाको निर्वाचनको वैधता नहुने भएर हो कि वा तिनैलाई फेरि सिंहदरबार सुम्पने मेसो हो ?’

संसद् विघटन भएको अहिलेको अवस्थामा कुनै दल साना वा ठुला नभएको उनको तर्क छ।

उनले भनेका छन्, ‘विघटित संसद्को कुरा गर्ने हो भने तत्कालीन संसदमा प्रतिनिधित्व गर्ने ती दल बाहेकका अन्य दलहरू पनि छन्। निर्वाचनको लागि हो भने निर्वाचनमा भाग लिन दर्ता भएका दलहरू प्रशस्तै छन्। अनि तीन दललाई मात्रै किन ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *