
बाजुरा । राष्ट्रिय युवा संघ नेपाल बाजुरा अन्तरजिल्ला कमिटीको दोस्रो अधिवेशनबाट पवन मल्लको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ ।
काठमाडौंमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा प्रेम नेपाली, सचिवमा टेक चदरा, कोषाध्यक्षमा खगेन्द्र नेपाली तथा सह–सचिवमा कमला विष्ट चयन भएका छन् ।
युवा संघ सुदूरपश्चिम अन्तरजिल्ला संयोजक करण भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
उनले युवा शक्ति एकीकृत हुनुपर्नेमा जोड दिएका थिए ।राष्ट्रियताको रक्षा, सामाजिक स्थायित्व र समृद्ध नेपाल निर्माणको जिम्मेवारी एमाले र अध्यक्ष ओलीको काँधका आएको भन्दै सबै मिलेर त्यसलाई पुरा गर्नुपर्ने बताएका थिए ।
कार्यक्रमको सञ्चालन दीपराज बोगटीले गरेका थिए। अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्यहरू कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया र एलिसा गौतम, एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली तथा राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष विनय शाहलगायत नेताहरूको सहभागिता रहेको थियो।
वक्ताहरूले युवा शक्तिलाई वैचारिक रूपमा सुदृढ बनाउँदै सङ्गठनात्मक एकता मजबुत गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विकासको पक्षमा युवा सङ्घले निर्णायक भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

Leave a Reply