‘कल्ली’ को टिजरः मानिस भित्र रहने देवता र राक्षसको कथा

काठमाडौं । फागुनको १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शनिवार चलचित्रको टिजर सार्वजनिक गरेको हो।

सुरज आचार्य निर्माण प्रमुख रहेको ‘कल्ली’ को टिजरले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई चलचित्रको टिजरले देखाउन खोजेको छ । टिजरको अन्तिममा नायिका परिक्षा लिम्बुलाई पनि देख्न सकिन्छ। उनी चलचित्रमा सरप्राइज प्याकेजको रुपमा देखिएकी छिन् ।

किरण नेपालीको निर्माणमा तयार भएको यो चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनारकै कथा रहेको चलचित्रलाई महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *