राजनीतिमा नयाँ र पुराना होइन, एजेण्डा र गन्तव्यको अर्थ हुन्छः शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुराना नभई एजेण्डा र गन्तव्यको अर्थ हुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले नीतिविहीन र एजेण्डाविहीनलाई नयाँको पगरी गुथाउदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रम भएको उल्लेख गरेका छन् ।

आफूलाई नयाँ शक्ति भन्नेहरु राष्ट्रिय स्वतन्त्र पार्टी,बालेन्द्र साह लगायत भर्खरै स्थापना गरिएका दलहरुबीच गठबन्धनको प्रयास भइरहेका बेला महासचिव पोखरेलको यस्तो अभिव्यक्ति आएको हो ।

पोखरेलले पार्टीको इतिहास पुरानो हुने तर नीति र नेतृत्व अद्यावधिक भइरहँदा पार्टीहरु सधैँ जीवन्त र सान्दर्भिक हुने बताएका छन् । आफ्नो पार्टी यी दुवै कुरामा सधैँ अब्बल रहेको उनले उल्लेख गरेका छन् । ‘नेकपा एमाले नेपालका राजनीतिक दलहरु मध्ये नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको पार्टी हो,’ महासचिव पोखरेलले भनेका छन्, ‘यससँग वर्तमान मात्र होइन भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ । एमालेको यही जीवन्तता र सान्दर्भिकताबाट डराएकाहरु नयाँहरु मिल्नुपर्छ भन्ने कुरा उठाइरहेका छन् । ’

नयाँका नाममा चर्चामा आएका रवि, वालेन, हर्क साम्पाङ वा कुलमान उनीहरु सबै राज्यसत्तामा कुनै न कुनै हिसाबले परीक्षण भइसकेका पात्र भएको पोखरेलको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *