
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको नाम सिफारिस गरेको छ ।
निर्वाचन मिति नजिकिएसँगै नेकपा प्युठानले तत्कालीन नेकपा (माओवादी केन्द्र)का सचिव एवं नेकपाका नेता लीलामणि पोख्रेलदेखि विद्यार्थीको उपाध्यक्षबाट बाहिरिएका मिलन एमसीसम्मको नाम सिफारिस गरेको छ ।
यस्तै पार्टीका कृष्ण ध्वज खड्का, भोजविक्रम बुढामगर, उमाराम पौडेल, अर्जुनकुमार कक्षपती र युवा विद्यार्थी नेता प्रेमबहादुर विश्वकर्माको नाम सिफारिस भएको छ ।
यस्तै समानुपातिकतर्फ ९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस हुने उम्मेदवारमा सरस्वती न्यौपाने, उमा शर्मा, माया विक, इमानसिंह भारती, खेम सुनार, हेमन्त खाम्चामगर, ओविराम विक, मोहन परियार र फत्तेमान परियार रहेका छन् ।

Leave a Reply