चुनावअघि नवीन समझदारीको लागि दबाब दिन राप्रपाले भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने

काठमाडौं । राप्रपाले भोलि पौष १२ गते बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ । राजा, राजनीतिक दल र जेनजीका बीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको बिर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठ दाबी गर्छन् ।

देशमा अहिले ध्रुवीकरण तीव्र रूपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरूका बीचमा छिट्टै हुने समेत बताउँछन् ।

तुलनात्मक रूपमा राप्रपाको बलियो संगठन भएको झापामा हुने सभाले नवीन समझदारीको लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई बाध्य पार्ने गरी दबाब सिर्जना गर्ने तयारी भएको आयोजक झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले बताएका छन् ।

बिर्तामोड सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता, उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओली लगायतले सम्बोधन गर्नेछन्।

राप्रपालाई सुन्न, राप्रपामा जोडिन र राप्रपाको देश बचाउने र देश बनाउने अभियानमा सहभागी हुन अध्यक्ष लिङ्देनले अपिल समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *