
कैलाली । घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा लक्ष्मण न्युरे विजयी भएका छन् । आज भएको निर्वाचनमा डबल बहादुर शाहलाई ८९ मतले पछि पार्दै न्युरे विजयी भएका हुन् ।
न्युरेले २ सय ७७ मत प्राप्त गर्दा शाहले १८८ मत प्राप्त गरेका छन् । लेखा परीक्षण टोली संयोजकबाहेक अन्य पदाधिकारी तथा सदस्य न्युरे प्यानलकै विजयी भएका थिए ।
उपाध्यक्षमा आयुष जोशी २ सय ३४ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी भानुभक्त आचार्यले २ सय २३ मत प्राप्त गरेका थिए । महिला सदस्यतर्फ राधा पाण्डे बिनाडी २३२ मत प्राप्त गरी विजयी हुँदा नारायणी गौतमले २२३ मत प्राप्त गरेकी थिइन् ।
यस्तै लेखा परीक्षण टोली संयोजक पदमा भोजराज जोशी विजयी भएका छन्। उनले २२७ मत प्राप्त गर्दा हेमन्त शाहीले २२१ मत प्राप्त गरे ।
यसअघि नै सञ्चालक समितिका ७ जना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका थिए । ५८१ मत मध्ये आज ४७२ खसेको थियो ।
न्युरे नेपाली कम्युनिस्ट पार्टीका हुन् । उनलाई कांग्रेस एमाले, नेकपा र राप्रपाकाको साथ थियो । अर्का अध्यक्षका उम्मेदवार शाहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।


Leave a Reply