जाडो बढेपछि विद्यालय बन्द

राजविराज । अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण विद्यालयलाई चार दिनका लागि बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख आतेशसिंह यादवका अनुसार नगरपालिकाअन्तर्गतका सबै विद्यालय आजदेखि पुस १३ गतेसम्मका लागि बन्द रहने छ ।

तराई क्षेत्रमा शीतलहरका कारण विगत केही दिनदेखि बढेको अत्यधिक जाडोका कारण जनजीवन प्रभावित हुँदा बालबालिकालाई विद्यालय आउजाउ गर्न असहज हुने भएकाले बिदा दिइएको जारी गरेको सूचनामा उल्लेख छ ।

केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण सप्तरीसहित तराई-मधेशको जनजीवन कष्टकर बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *