नेपालबाट बिदाई हुँदै गर्दा राजदूत सोङले भने- चीन-नेपाल मित्रताको सबैभन्दा बलियो समर्थक रहनेछु

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाललाई सबैभन्दा इमान्दार मित्रका रूपमा उल्लेख गरेका छन् ।

नेपालमा आफ्नो कार्यकाल समाप्त भएपछि राजदूत सोङले राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको तस्बिर ‘अफिसियल्ली पोस्ट’ गर्दै चीन-नेपाल मित्रताको सबैभन्दा बलियो समर्थक रहने बताएका छन् ।

नेपाल बसाइका क्रममा उनीप्रति देखाइएको दया, मित्रता र समर्थनका लागि आभारी रहेको राजदूत सोङले उल्लेख गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *