एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहान मात्र सकिने रामलक्ष्मणको भनाइ

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान ‘कछुवा गति’मा अघि बढिरहेको छ । लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरु लामो समय अल्मलिने गरेका छन् ।

अध्यक्षका दुई प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले आआफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । मतदाताहरु प्यानलको सूची बोकेर मतदान गर्न जाँदा ढिलाइ भएको हो ।

विद्युतीय भोटिङ मेसिनका सञ्चालक राम–लक्ष्मणमध्येका रामले भने, ‘सुरुसुरु फोटो र नाम हेरेर मतदान गरेको भए चाँडै सकिन्थ्यो । यता सूची हेर्दै उता फोटो खोज्दै गर्दा ढिलाइ भइरहेको छ ।’

प्यानल सूचीबिना मतदान गर्न गएकाहरुले आधा घन्टाभित्रै सिध्याउने तर सूची बोकेर गएकाहरुले डेढ घन्टासम्म समय खपत गरिरहेको उनले जानकारी दिए ।

५ बजेसम्म करिब ८ सयले मात्रै मतदान गरिसकेका छन् । महाधिवेशनमा २२६३ मतदाता छन् । उनीहरुले ६४२ उम्मेदवारहरुबाट छानेर ३०१ पदका लागि मतदान गर्नुपर्छ । यही गतिमा मतदान हुँदा भोलि बिहान चार बजेसम्म सकिने रामले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *