
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले हुँदा आफूले उठाएको आवाज अहिले केही नेताहरूले उठाएको देख्दा खुसी लागेको बताएका छन्।
बझाङ जिल्लाको एकता सन्देश सभालाई सम्बोधन गर्दै १० औँ महाधिवेशनमा ओलीसँग भिड्दा चर्को आलोचना गर्नेहरूको रुवाबासी भएको टिप्पणी गरे।
‘महाधिवेशनमा आउने सबै प्रतिनिधिको चुन्ने र चुनिने अधिकार छ, जबज त्यही हो मैले उहाँलाई भन्दा उहाँले मलाई शत्रु ठानेर मलाई पार्टीबाट निकाल्नुभयो’ उनले एमाले नेता प्रदीप ज्ञवालीलाई लक्षित गर्दै भने, ‘जुन साथीहरूले दसौँ महाधिवेशनमा मैले उठाएको आवाजलाई केपी ओलीसँग भीम रावलको रिसिबी, नेता नमान्ने चरित्र भनेर झूटा प्रचार गर्नेहरूको कोही रुवावासी गर्दै छन्।’
उनले एमालेमा नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा भएपछि ढिलै भएपनि केही नेताहरूको बुद्धि आएको तर्क गरे।
उनले थपे, ‘आज एमालेमा कोही केपी ओलीजस्तो क्रूर नेता कोही छैन भनेर घोषणा गर्दै छन्, मैले दसौँ महाधिवेशनमा बोलेको कुरा आज केही साथीहरूले उठाएको देख्दा मलाई खुसी लागेको छ। ढिलै भएपनि बुद्धि आएछ।’
उनले महासचिव शंकर पोखरेलले विद्या भण्डारीको सदस्यता नवीकरण भइसकेको भनेर सार्वजनिक रूपमा भनिसकेको भएपनि ओलीले खाइदिएको आरोप लगाए।

Leave a Reply