नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्दा आउने परिणामलाई स्वीकार्नुपर्छ : विद्या भट्टराई

काठमाडौं । नेकपा एमालेकी नेतृ विद्या भट्टराईले नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्दा आउने परिणामलाई सबैले स्वीकार्नुपर्ने बताएकी छन् ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतान्त्रिक प्रणालीलाई अभ्यास गर्दैगर्दा नेतृत्वबारे आँकलन गर्नु व्यर्थ हुने बताइन् ।

भट्टराईले भनिन्, ‘नेतृत्व परिवर्तनको अभ्यास लोकतान्त्रिक विधिबाट गर्नुपर्छ भनेर जुन अवलम्बन गरिन्छ भने त्यो विधिबाट जे आउँछ त्यसलाई स्वीकार्नुपर्छ। जब ७० वर्ष भन्ने प्रावधान हटाइयो, त्यो हटाइसके पछाडि त उहाँको वर्चस्व देखिने, त्यही उमेर समूहबाट आउने कुरा स्वाभाविक भयो ।’

उनले राजनीतिक दल सबै उमेर समूहको प्रतिनिधित्व हुने ठाउँ भएको बताइन् । भट्टराईले थपिन्, ‘हामीले युवाहरूलाई आउनका लागि प्रेरित गर्नुपर्छ । त्यो प्रेरित गर्ने कुरामा हामीले यो पटक ३३ प्रतिशत पुर्‍याउनका लागि, आरक्षित गर्नुपर्छ भन्ने हिसाबले नै युवाहरूलाई यति प्रतिशत दिनुपर्छ भनेर सुरुवात पनि गरिरहेका छौँ । तर त्यो अझै पनि पर्याप्त छैन । सदस्यमा मात्र होइन, पदाधिकारीहरूमा पनि अब नयाँहरूलाई आउनका लागि प्रोत्साहित गरेर जानुपर्छ भन्ने बहस सुरु भएको छ ।’

नेतृ भट्टराईले प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेपछि जित्नेले समन्वयकारी भूमिका खेल्नुपर्ने बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *