जाँचबुझ आयोगले ओली र लेखकलाई अर्को हप्ता बयानमा बोलाउने

काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी विद्रोहसँग सम्बन्धित घटना जाँचबुझका लागि गठित आयोगले अर्को साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अर्को साता बयानका लागि बोलाउने तयारी गरेको छ ।

आयोगको म्याद थपका लागि प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न गएको आयोगको टोलीले अर्को साता राजनीतिक दलका नेतालाई बयानका लागि बोलाइने तयारी गरिएको जानकारी दिएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालिन प्रधानमन्त्री शर्मा र गृहमन्त्री लेखकलाई अर्को साता बयानमा लागि बोलाउने तयारी गरेको बताए । उनले भने,‘बयान सबै भइराखेको छ । त्यो बेलाको प्रधानमन्त्री र गृहमन्त्री सबैलाई बयानका लागि बोलाउँछौं । अर्को हप्ता सबैलाई बोलाउँछौं ।’

ओली र लेखक बयानको लागि नआउने भनेर प्रतिक्रिया दिइरहेको छ त्यस्तो अवस्थामा के आयाेगले के गर्छ  भन्दै सञ्चारकर्मीको प्रश्नमा कार्कीले भने,’पछिको कुरा पछि नै हुन्छ ।’

आयाेगका प्रवक्ता विज्ञानराज शर्माले पनि ओली र लेखक बयान दिन  बयान दिन छिट्टै आउने बताए ।  उनले सञ्चारकर्मीहरुलाई भने, उहाँहरु बयान दिन छिट्टै आउँछन्, ढुक्क पर्नुहोस् ।’

आयोगको म्याद सकिनै लाग्दा बयानका कामहरु अझै नसकिएकाले सरकारसमक्ष १ महिना म्याद थप गर्न आयोगले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *