
सर्लाही — जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा-पत्र बुझाएका हुन् ।
राजीनामा-पत्रमा चौधरीले पार्टी आफ्नो नीति–सिद्धान्तबाट विचलित भएको, भ्रष्टाचारमा लिप्त भएको तथा नातावाद हाबी भएको आरोप लगाएका छन् । उनले पार्टीभित्र काम गर्ने वातावरण नरहेको उल्लेख गरेका छन् । चौधरीले आफूले पद मात्र नभई पार्टीको साधारण सदस्यता समेत त्यागेको जनाएका छन् ।
सर्लाहीको हरिपुर्वा–४ निवासी चौधरी मधेश प्रदेशको राजनीतिमा परिचित नेताका हुन् । उनी गत निर्वाचनमा सर्लाही-२ ‘क’ बाट चुनावी प्रतिस्पर्धामा थिए । वर्तमान मधेश प्रदेशका स्वास्थ मन्त्री जंगीलाल रायसंग झिनो मतान्तारले चौधरी पराजित भएका थिए ।

Leave a Reply