
काठमाडौं । यू- १९ एसिया कपमा खराब ब्याटिङलाई निरन्तरता दिँदै नेपाल अफगानिस्तानविरुद्ध १२४ रनमा अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले अफगानिस्तानलाई १२५ रनको कमजोर लक्ष्य दिएको हो ।
नेपालले २ रन मात्र स्कोरबोर्डमा जोड्दा पहिलो विकेटका रुपमा साहिल पटेललाई गुमाएको थियो । उनले ३ बलमा १ रन मात्रै जोडे । अर्का ओपनर निरज यादव पनि ८ रनमा आउट भए । तेस्रो नम्बरमा आएका विकेट किपर ब्याट्सम्यान आशिस लुहार ४ रन र कप्तान अशोक धामी ५ रनमा आउट भएपछि नेपाल २९ रनमा ४ विकेटको स्थितिमा खस्कियो ।
चौंथो नम्बरमा आएका दिलसाद अलिले ६८ बलमा ३२ रन र अविशेख तिवारीले ५२ बलमा २० रन बनाउँदै नेपालको स्कोरलाई उकास्ने प्रयास गरे । नवौं नम्बरमा आएका चन्दन रामले ४० बलमा २ छक्का र एक चौकासहित २७ रन जोड्दै नेपालको स्कोर सय रन कटाउन मद्दत गरे ।
अफगानिस्तानका जाइतुल्लाह साहिनले सर्वाधिक तीन विकेट लिए । अब्दुल अजिज, नरिस्तानी ओमरजाइ र वाहिदुल्लाह जद्रानले २–२ विकेट बाँडे । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि श्रीलंका र बंगलादेशसँग नेपाल हारेको थियो ।

Leave a Reply