‘चुनाव हुन दिन्नँ भन्ने छुट जेन–जीलाई छैन’

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चुनाव हुन दिन्नँ भन्ने छुट जेनजीलाई नभएको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।

उनले महर्जनले घोषित निर्वाचनलाई सफल गराउन जेनजी लगायत सबैले सहयोग गर्नुपर्ने बताए । अहिले आएर जेनजीहरुकाे स्वर परिवर्तन भएकाेमा चिन्ता व्यक्त गर्दै मेयर महर्जनले जेनजीहरु सानै भएकाले बुद्धि पलाइनसकेकाे उलेल्ख गरे ।

उनले भने,‘ सम्मानीय प्रधानमन्त्रीज्यूको सरकार छ त्यसको खास काम भनेको फागुन २१ गते चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तारण गर्नु हो । तर मलाई चाहिँ अलिकति चिसो यसअर्थमा परिरहेको छ जेनजीले  प्रधानमन्त्रीज्यूलाई आमा भन्नुहुन्छ, भनिरहेको छ । तर पछिल्लो कालखण्डमा जेनजीले स्वर परिर्वतन गरेर चुनाव हुन दिन्न भनिरहेको छ । त्यो भन्न पाइदैन चुनाव गर्नेपर्छ । जेनजीले पछिल्लो कालखण्डमा आएर हामी चुनाव गराउँदैनौं भन्ने किसिमको जुन भाव व्यक्त गरेको छ । त्यो गर्नुहुँदैन ।  जेनजीहरु सानातिनो भाइबहिनीहरु छन् अलिकति बुद्धि पलाएको छैन बुद्धि पलाओस् । उहाँ आफनो आमाले गर्न खोज्नुभएको जुन काम छ त्यसमा सहयोग गर्नैपर्छ ।’

आफ्नो दुई कार्यकालमा महानगरभित्र निकै परिवर्तन गर्न सफल भएको भन्दै उनले अहिलेपनि दैनिक रुपमा निरन्तर नयाँ नयाँ काम हुदै आएको जिकिर गरे ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *