आज पनि एमाले महाधिवेशनस्थल पुगिन् ज्योति, ओलीसँग पलेँटी कसेर सुन्तला खाँदै

काठमाडौं । गायिका ज्योति मगर आज पनि एमालेको महाधिवेशनस्थलमा पुगेकी छन् । एमालेको महाधिवेशन प्रतिनिधि नभए पनि उनलाई भित्रैसम्म ‘एक्सेस’ दिइएको छ ।

महाधिवेशनस्थलभित्र पत्रकारलाई पनि इन्ट्री छैन । तर, ज्योति भने सहजरूपमा भित्र-बाहिर गरिरहेकी छन् । आज उनी अध्यक्ष केपी शर्मा ओलीसँगै पलेँटी कसेर बसिरहेको अवस्थामा भेटिइन् । थुप्रै नेता-कार्यकर्ताको भिडभित्र उनी ओलीसँग ढेपिएर सुन्तला खाइरहेकी थिइन् ।

ओली पनि प्रफूल्लित हाउभाउमा ज्योतिसँग गफिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *