एमाले चुनाव: २ घण्टामा २ सयले हाले भोट, यही रफ्तारमा १० घण्टा लाग्ने अनुमान

काठमाडौं । नेकपा एमाले को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान जारी छ ।

विहान ९ बजेर १० मिनेट जाँदा पहिलो मतदान भएको विद्युतीय भोटिङ मेसिनमा ११ बजेर १० मिनेट जाँदासम्म २०० जनाले मतदान गरेका छन् ।

विद्युतीय भोटिङ मेसिनका व्यवस्थापक रामप्रसाद रिमालका अनुसार मतदाताले सुस्त गतिमा मतदान गरिरहेका कारण ढिलाई भएको हो । यही रफ्तारमा मतदान भए अबको १० घण्टामा मतदान सकिने अनुमान रहेको रिमालले बताए ।

एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *