
काठमाडौं । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा मतपत्रमा बदर शून्य हुने भएको छ ।
विद्युतीय मतदानको व्यवस्था गरेको एमालेका मतदाताले उम्मेदवारलाई फोटो र नाम दुबै हेरेर मतदान गरिरहेका छन् ।
अध्ययक्षसहित केन्द्रीय पदाधिकारी, भूगोल, राजधानी विशेष र खुला गरि छुट्याइएको क्लस्टर अनुसार उम्मेदवारको पेज बनाएर मतदानको व्यवस्था गरिएको छ । जसमा अल्फाबेट अनुसार उम्मेदवारको सङ्ख्या राखिएको छ ।
एकैपेजमा कति जनाको सङ्ख्यामा मतदान गर्ने हो सङ्ख्या सहित नाम देखिन्छन् । जसमा एउटा मात्रै नाम बाँकी भएपनि अर्को पेजमा जान नमिल्ने गरि व्यवस्था गरिएको छ । मत हालिसकेपछि पनि आफ्नो रोजाइको व्यक्तिलाई मत नपरेको रहेछ भने अर्को पेजमा नजाँदै त्यसलाई डबल क्लिक गरेर अर्को नाममा मतदान पनि गर्न सकिने गरि सिष्टम मिलाइएको छ ।
पूरा नाममा अनिवार्य मत दिनुपर्ने र दोहोरो मतदान नहुने प्राविधिक व्यवस्थापन भएकोले नो भोट वा बदरको संभावना शून्य रहेको छ ।

Leave a Reply