प्रतिष्ठानको उपकुलपति नियुक्त तत्काललाई रोक्न अल्पकालीन आदेश

रुपन्देही । स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते गरेको सूचना हाललाई रोक्न उच्च अदालत तुलसीपुरले अल्पकालीन आदेश जारी गरेको छ ।

अदालतका सूचना अधिकारी कृष्णप्रसाद शर्माले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते छलफलमा दुवै पक्षलाई बोलाउने आदेश दिएको हो ।

८ गतेसम्म नियुक्तिको प्रकृया अघि नबढाउन र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिनेबारे आगामी पेशीमा छलफलपछि मात्रै थाहा हुने उनले जानकारी दिए । उच्च अदालतका मुख्य न्यायधीश राजेश्वर तिवारीको एकल इजलासले त्यस्तो आदेश दिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *