
काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिनुपर्छ भनेर अभियान चलाएको जनसंगठन प्रेस चौतारी नेपालका प्रतिनिधि आधिकारिक लिष्टमा नपरेपछि आफ्ना दुई उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएको छ ।
प्रेस चौतारी नेपाल निवर्तमान अध्यक्ष गणेश बस्नेत र पूर्वअध्यक्ष राजेन्द्र अर्याललाई आधिकारिक उम्मेदवार बनाएर निर्वाचनमा होमिएको हो ।
पटकपटक प्रयासपछि पनि ओलीको लिष्टमा नसमेटिएपछि हिजो महासचिवसहित पदाधिकारीका उम्मेदवारको बीचमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले बस्नेत र अर्याललाई आधिकारिक घोषणा गरे ।
चौतारी दुवै उम्मेदवारको प्रचार सामग्री निर्माण गरेर चुनावी प्रचारमा लागेको छ । नेकपा एमालेको महाधिवेशनमा केपी ओली र ईश्वर पोखरेलको दुई प्यानल निर्माण भएपनि दुवै प्यानलमा चौतारीका उम्मेदवार परेका छैनन् ।
१० वर्ष प्रेस चौतारीको नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष बस्नेत जनता टाइम्स अनलाइन पत्रिका सञ्चालन गर्छन् भने पूर्वअध्यक्ष अर्याल विचार प्रधान आलेखहरु स्वतन्त्र रुपमा लेख्ने गर्छन् ।

Leave a Reply