प्रदेश क्लस्टरको लिष्टबाट टिकट पाएका दुई युवा महिला

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा प्रदेश अन्तर्गत उम्मेदवार दिने युवा महिला दुई जना मात्रै परेका छन् ।

सात प्रशासनिक र राजधानी विशेष प्रदेश अन्तर्गत बनाइएको क्लस्टरमा युवा उम्मेदवारमा बागमती प्रदेशमा केपी ओलीको प्यानलबाट निशा अधिकारी र सोही प्यानलबाट सुनिता डङ्गोल उम्मेदवार बनेका हुन् ।

डङ्गोल काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हुन् भने अधिकारी विद्यार्थी राजनीतिबाट उदाएकी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भइसकेकी युवा नेता हुन् ।

अधिकारी र डङ्गोल दुबैजना केपी ओली प्यानलबाट परेका उम्मेदवार हो । ईश्वर पोखरेलको प्यानलमा पनि आठ वटै प्रदेश क्लस्टरको युवामा महिला उम्मेदवार छैन । ४० मुनिका सबै युवाको उम्मेदवारी परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *