२०६४ यता समानुपातिक सांसद बनेकालाई बन्दसूचीमा नराख्ने राप्रपाकाे बाेल्ड निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नामावली पठाउने सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ ।

पार्टीले २०६४ सालकमे संविधानसभा चुनावयता संघ वा प्रदेशमा बन्दसुचिमा नाम रही सांसद निर्वाचित भएकालाई समानुपातिक सूचीमा नराख्ने नीति लिएकाे हाे ।

राप्रपा संसदीय समितिको गत २८ गते बसेकाे बैठकले समानुपातिकका लागि दुई मापदण्ड तय गरेकाे थियाे । दाेस्राे मापदण्डमा जेनजी आन्दोलनकाे मर्मलाई समेत ध्यान दिँदै पहिले अवसर पाएकाहरूलाई फेरि समानुपातिकमा नसमेट्ने उल्लेख छ ।

राप्रपाका महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङले जिल्ला अध्यक्षहरूलाई गरेकाे सर्कुलरमा  भनिएको छ, `उक्त विषयमा यही मिति २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि राप्रपा संसदीय समितिको मिति २०८२/८/२८ गतेको बैठकले तय गरेको उम्मेदवार छनोट सम्बन्धी मापदण्ड एवम् क्लष्टर तपसील बमोजिम खुलाई यो पत्र पठाइएको छ ।

उक्त निर्वाचनमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार हुन चाहने व्यक्तिहरुको नामावली महिला सहित ३/३ जनाको दरले प्रत्येक प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिको निर्णय सहित नामावली संकलन गरी आफ्नो राय सल्लाह राखी राप्रपा संसदीय समितिमा ७ दिन भित्र पठाई दिनु हुन अनुरोध गरिन्छ ।´

राप्रपाले क्लष्टर (समानुपातिकको लागि) उपलव्ध भएसम्म आदिवासी जनजाति, खस/आर्य, थारू, दलित, मधेशी, मुस्लिम, पिछडिएको क्षेत्र आदिका आधारमा सिफारिस गर्नुपर्ने तथा जिल्लाबाट सिफारिस पठाउँदा प्रत्येक उम्मेदवारको नागरिकता र मतदाता परिचय पत्रको प्रतिलिपिहरू अनिवार्य रूपमा संलग्न हुनुपर्ने उल्लेख गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *