मतदानअघि मञ्चमा ओली र पोखरेलको भलाकुसारी

काठमाडौं । एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदानको सुरसार भइराख्दा अध्यक्षका दुई आकांक्षी एकै ठाउँमा देखिएका छन् ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली र उनका प्रतिस्पर्धी ईश्वर पोखरेल सँगै बसेर भलाकुसारी गरेका हुन् ।

मतदानका लागि घण्टौँदेखि प्रतिनिधिहरू लाइनमा छन् । उनीहरू भोट हाल्न बेचैन भइराख्दा नेताहरू भने शान्त मुद्रामा छन् । ओली र पोखरेल अन्य नेताहरूसँगै मञ्चमा बसेर कुराकानी गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *