सशस्त्र प्रहरी बल नेपालका तीन जना एआइजीको सरुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा तीन जना एआइजीको सरुवा गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

उनका अनुसार एआइजी नारायणदत्त पौडेल, वंशीराज दाहाल र गणेशबहादुर डाठामगरको सरुवा भएको हो ।

पौडेल काय विभागमा दाहाल मानवस्रोत विभाग र डाठामगर सीमा विभागको प्रमुखको जिम्मेवारीमा छन् । त्यहाँबाट उनीहरूलाई अन्यत्र विभागमा सरुवा गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *