
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा ओली पक्षले देशभरको खुला महिला प्रतिस्पर्धाको क्लस्टरमा नयाँ र युवा महिलालाई प्राथमिकता दिएको छ ।
विशेष गरी युवा र विद्यार्थी राजनीतिबाट आएका र जनप्रतिनिधिको भूमिकामा समेत रहेका महिलालाई खुला प्रतिस्पर्धाको कोटामा उतारेको छ । ओली प्यानलबाट २ जना उम्मेदवार ३० वर्ष मुनीको उमेर समूहका छन्, उनीहरू सम्भवतः यो चुनावकै सबैभन्दा युवा उम्मेदवार हुन् ।
ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा र अनेरास्ववियुको राजनीतिमा रहेकी इन्जिनियर अलिसा गौतम जेनजी पुस्ताका हुन् ।
त्यस्तै अखिलबाट कानून व्यवसायमा स्थापित अधिवक्ता राधिका खतिवडा, युवा संघबाट बाहिरिएकी क्रान्ति बुर्लाकोटी खुला महिलाकै क्लस्टरमा परेका छन् ।
युवा संघबाट बिदा भएर हाल बागमती प्रदेश सभा सदस्य रहेकी उर्मिला सुनुवार, झापाको गौरादह नगरपालिकाकी उपमेयर जलवर्षा राजवंशी, कपिलवस्तुको शिवराज नगरपालिकामा दोस्रो पटक उपमेयर बनेकी शिवकुमारी थारु, पाल्पाको गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, रुपन्देहीकी व्यवसायी समेत रहेकी युवा उद्यमी ज्ञानु केसी पहिलो पटक खुला महिला कोटामा उम्मेदवार बनेका छन् ।
नयाँलाई स्थापित गर्ने नीति अनुसार खुला कोटाबाटै उनीहरूलाई उम्मेदवार बनाइएको सचिव पद्मा अर्यालले बताइन् ।

Leave a Reply