
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले एमालेलाई मात्रै नभएर देशकै लागि केपी ओलीको नेतृत्व आवश्यक भएको बताएका छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो महाधिवेशनबाट अनुमोदन भएर सिङ्गो देशको नेतृत्व गर्ने जिम्मेवारी ओलीले पाउने विश्वास व्यक्त गरे।
उनले भने, ‘एमालेका कार्यकर्ता मात्रै होइन, अन्य राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूले पनि आज समकालीन राजनीतिभित्रका शीर्षस्थ नेतामध्येमा केपी ओलीको उपस्थिति देशकै लागि आवश्यक छ भन्ने कुरामा महसुस गरिराख्नुभएको छ। समग्र प्रतिनिधिको मनोविज्ञानको आधारमा हामी भन्न सक्छौँ।’
ओलीको नेतृत्व अपरिहार्य भएपनि वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिएकाले लोकतान्त्रिक विधि र प्रक्रियाबाट फैसला हुने उनले बताए।

Leave a Reply