ईश्वर पोखरेल प्यानलमा सामान्य हेरफेर, आनन्द पोखरेल उपमहासचिवमा समेटिए (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको मतदान समय लम्बिँदै जाँदा दुवै प्यानलका अन्तिम सूची तय भएका छन् ।

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षको अन्तिम सूची सार्वजनिक भए लगत्तै ईश्वर पोखरेल प्यानलमा पनि सामान्य हेरफेर गरेर अन्तिम सूची सार्वजनिक भएको हो ।

यसअघि उपमहासचिव २ जना मात्र राखेर सूची सार्वजनिक भएकोमा अन्तिम सूचीमा आनन्द पोखरेल समेटिएका छन् ।

केन्द्रीय सदस्यतर्फ भने पोखरेल पक्षको प्यानलमा अधिकांश उम्मेदवार ओली प्यानलकै सूचीका रहेका छन् । केही नामहरू मात्र ओली प्यानलभन्दा बाहिरका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *