जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार- साढे ५ लाखको रानीहार

काठमाडौँ । धेरैलाई थाहा छ, गायक तथा मोडल दुर्गेश थापाले आफ्नी पत्नीलाई औधी माया गर्छन् । केही समयअघि एउटा टेलिभिजन अन्तरवार्तामा पत्नीको बारेमा सोधिँदा भावविव्हल नै भएका थिए ।

हिजो सोमबार दुर्गेशकी पत्नी प्राचीको जन्मदिन थियो । त्यस अवसरमा उनले सानो पार्टी आयोजना गरे । दुर्गेशका अनुसार उक्त पार्टीमा पारिवारिक खालको मात्र थियो । जन्मदिनको केक काटेपछि उनले प्राचीलाई एउटा सुन्दर रानीहार उपहार दिए । श्रीमानबाट यस्तो उपहार पाउँदा प्राची दंग देखिइन् ।

अहिले सामाजिक सञ्जालमा दुर्गेशले पत्नीलाई ५० लाख हार उपहार दिएको हल्ला व्यापकरुपमा चलेको छ । हामीले यो विषयमा उनीसँगै जिज्ञासा राख्यौँ । उनले रानीहार महँगो भए पनि ५० लाखको नभएको प्रष्ट्याए ।

उनी भन्छन्, ‘कहाँ त्यत्रो महँगो हुनु रु उनीसँग रानीहार थिएन । सबैले तीज अनि चाडपर्वमा लगाएको देखेको थिएँ । तर उनले कहिल्यै लगाएकी थिइनन्। । त्यहीँ भएर दुई तोलाको रानीहार बनाएर उनलाई उपहार दिएको हुँ ।’

दुर्गेशले रानीहारको मूल्य भने ठ्याक्कै खुलाउन चाहेनन् । तर उनको कुरा मान्ने हो भने उक्त हार करिब साढे ५ लाखको हो । यति महँगो उपहार प्राचीलाई आफूले पहिलेका जन्मदिनहरूमा कहिले नदिएको उनको भनाइ छ ।

प्राचीको जन्मदिनमा नायिका पूजा शर्मा पनि आफ्ना श्रीमान् युद्ध बानियाको साथमा पुगेकी थिइन् । गायक प्रमोद खरेल, कमेडियन सागर लम्साल लगायत पनि थिए ।

पूजाबारे दुर्गेशले भने, ‘पूजा मभन्दा बढी प्राचीसँग नजिक छ । पूजाको मसँग भन्दा बढी प्राचीसँगै गफ भइरहेको हुन्छ । यही भएर पनि पूजालाई बोलाएको हो । तर त्यस्तो ठुलो समारोह थिएन । सानो पारिवारिक जमघट मात्र हो । यो क्षेत्रको नजिकका ३,४ जना साथीभाइहरू आउनुभएको थियो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *