
काठमाडौं । एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये निवर्तमान सांसद सुहाङ नेम्वाङ र युवा नेता अमित लामाको नामलाई संस्थापन पक्ष (ओली) ले आफ्नो सूचीमा राखेको छ । यसअघि उक्त पक्षले तयार पारेको सूचीमा दुवैको नाम थिएन ।
एक एमाले नेताका अनुसार, नामहरू मिलाउने क्रममा हतार र तनावकाबीच उक्त नाम छुटेको थियो । नेम्वाङको नाम खुला केन्द्रीय सदस्यतर्फ १६३ नम्बरमा र लामाको नाम केन्द्रीय सदस्य समावेशी अन्तर्गत आदिवासी-जनजातीको ३ नम्बरमा छ ।
नेम्वाङ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङका छोरा तथा कानून व्यवसायी पनि हुन् । लामा युवा संघ पृष्ठभूमिबाट पार्टी राजनीतिमा सक्रिय छन् ।
नेम्वाङको नाम ईश्वर पोखरेल प्यानलमा पनि रहेको छ । उनले हिजो ‘स्वतन्त्र’ उम्मेदवारी दिएको बताएका थिए ।

Leave a Reply