नेतृत्व पंक्तिबाट प्यानल बनेपछि अरूलाई पनि बाटो खुल्यो – योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले मुख्य तीन दलमा नेतृत्व परिवर्तन गर्नुपर्ने सन्देश यो महाधिवेशनले दिनुपर्ने बताएका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी पुनर्गठन र समीक्षा गर्नुपर्ने बताए।

पटक पटक अवसर पाएको नेतृत्वले कुनै चमत्कारी परिवर्तन गर्न नसक्ने उनको भनाइ छ। प्रतिनिधिहरूले पनि नवीकृत एमाले चाहेको आफूले पाएको बताए।

उनले नेतृत्व चयनका लागि सहमतिको सम्भावना सकिसकेको भन्दै निर्वाचन आयोगले चाँडै मतदानको प्रक्रिया सुरु हुने बताए। उनले भने, ‘पार्टी नेतृत्व पंक्तिबाट गुट बनाउन सुरु हुन्छ भने अरूलाई पनि बाटो खुला भयो। जसले पनि गाडी चलाउन पायो।’

उनले केपी ओलीले चौथो पटक अध्यक्षमा उम्मेदवारी दिएको बताए। आफूहरूले दुई कार्यकालको व्यवस्था अहिले नै कायम गर्न नसकेपनि भविष्यमा त्यो बाटोमा जाने बताए।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *