एमालेको मतदानमा ढिलाइ- विद्युतीय मेसिनमा नाम इन्ट्री गर्नै ४-५ घण्टा लाग्ने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व छनोटका लागि मतदान हुन ढिलाइ भएको छ । विद्युतीय मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्ट गर्न गर्न अझै ४-५ घण्टा लाग्ने बताइएको हो ।

सुरुको कार्यक्रम तालीका अनुसार आज १० बजेबाट मतदान सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म पनि कुनै सुरसार छैन । १० बजेबाट १ बजे भनियो । फेरि ४ बजे भनिएको छ । तर, हामीले विद्युतीय मेसिनका सञ्चालकसँग कुरा गर्दा उनले नाम प्रविष्ट हुन बाँकी नै रहेको बताए ।

‘सुरुमा आएको उम्मेदवारको सुचीमा फेरबदल भएर फेरि नयाँ सुची आएको छ । त्यसैले समय लाग्छ । नाम प्रविष्ट गर्नलाई नै ४-५घण्टा लाग्छ,’ उनले नेपाल प्रेससँग भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *