प्रदीप ज्ञवाली उपाध्यक्षमा नउठेपछि ओली प्यानलबाट रघुजी पन्तलाई स्थान

काठमाडौं । एमालेको संस्थापन पक्षबाट प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि रघुजी पन्तले उनको ठाउँ लिएका छन् । उनी संस्थापन पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।

उपाध्यक्षको आकांक्षी रहेका पन्तलाई यसअघि ओली प्यानलमा केन्द्रीय सदस्य मात्रै राखिएको थियो । त्यसबाट असन्तुष्ट भएर उनले उपाध्यक्षमा स्वैच्छिक उम्मेदवारी दिए ।

यता, ज्ञवालीले भने उपाध्यक्षमा उठ्न अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि पन्तको ढोका खुलेको हो । संस्थापन पक्षले एक उपाध्यक्षमा पन्तलाई प्यानलमा राख्ने सहमति बनेको स्रोतले बतायो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *